धरान । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालि र धरानको मितेरी विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार टाटा मोटर्सको व्यवसायिक प्रयोजनका लागि गाडीहरू खरिद गर्न चाहने खरिदकर्तालाई मितेरी बैंकले सहुलियत कर्जा प्रदान गर्नेछ । बैंकको १८ वटै शाखाबाट सहुलियत कर्जा प्राप्त गर्ने सम्झौतामा सहभागी बनेका बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले जानकारी दिए ।
उनका अनुसार नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीतिअनुसार’ ग्राहकहरूलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ । सम्झौतापत्रमा सिप्रदीका तर्फबाट इटहरी शाखाका क्षेत्रीय बिक्री व्यवस्थापक ओमकुमार पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत वस्तीबीच हस्ताक्षर भएको हो ।