श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १७ गते शुक्रबार, १ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको द्वितीया तिथि ९ः४८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुष्य २०ः२६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः२० मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

प्रयत्न गरेमा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्नेछ । 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । मन हर्षित रहने देखिन्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान दिनुहोला ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रयत्न गरेमा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । सत्सङ्ग श्रवण गर्ने अवसर प्राप्त हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कर्मयोगको विशेष फल प्रँप्त गर्ने समय छ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जन बढ्नेछ । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कृषि, पशुपालन तथा व्यापारबाट प्रशस्त लाभ मिल्नेछ । मिहिनेत गर्दा दिगो फाइदा हुनेछ । आजको दिन राम्रो छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चल–अचल सम्पत्तिको उपयोगबाट फाइदा उठाउन सकिनेछ । ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिने देखिन्छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वार्थी प्रवृत्तिले विवादमा परिनेछ । सजग रहनुहोला । सम्भावना र अवसर खोजी गर्ने समय रहेको छ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आध्यात्मिक चेतनाले सेवामूलक काममा लागिनेछ । दिगो फाइदा हुने योजना थाल्दा उत्ता हुने देखिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।