विराटनगर/ कोशी ग्यास उद्योगले सिलिण्डरमा र्यापिङ गरिएको सिलप्याक फेरेको छ । नाम मात्रको प्लाष्टिकले ¥यापिङ गरिएको सिलप्याक कमजोर हुँदा चोरी हुने गरेको पाइएपछि नयाँ र्यापिङ  लगाउन थालेको हो । 

यसअघि कोशी ग्यासले ३० माइक्रोनको कमसल ¥यापिङ सिलिण्डरमा लगाउँदा ग्यास चोरी भएर उपभोक्ता ठगीमा पर्ने गरेको घटना ब्लाष्टले तथ्यसहित सार्वजनिक गरेको थियो । कात्तिक २० मा  विराटनगर–२ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले अटोमा सिलिण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको सिलप्याक गरिएको सिलिण्डरमा ३ केजी ३ सय ग्राम कम तौल भेटिएको थियो । कमजोर सिलप्याक हुँदा डुलाउनेसँग ग्यास खरिद गर्दा बर्मा ठगिएका थिए ।

गत २३ कात्तिकमा मोरङको बूढीगङ्गा गाउँपालिका–४ निमुवास्थित कोशी ग्यास उद्योगमा प्राविधिकसहितको टोलीले गरेको अनुगमनको क्रममा कमजोर ¥यापिङ लगाएको कारणले ग्यास चोरी हुने गरेको पुष्टि भएको थियो । सिलप्याक गरिएको र्यापिङ  कमजोर भएको पुष्टि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले १५ दिनभित्र सुधार गर्न निर्देशन दिएका थिए । तर, निर्देशन दिएको ४६ दिनपछि मात्र कोशी ग्यास उद्योगले कमजोर र्यापिङ हटाएर नयाँ लगाउन थालेको हो । अहिले सिलिण्डरको सिलप्याकमा लगाएको र्यापिङ  ४० माइक्रोनको रहेको कोशी ग्यास उद्योगका प्लाण्ट इञ्जिनियर सिरोज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अहिलेको ¥यापिङ ६० एमएम उचाइको रहेको बताए । ‘साविकको भन्दा अहिले नयाँ ल्याएको ¥यापिङको उचाइ र माइक्रोनको साइज बढाएको छ’ इञ्जिनियर न्यौपानेले भने, ‘अहिलेको नयाँ ¥यापिङ सेतो रङमा आएको छ । जसले गर्दा उपभोक्ताले सहज रूपमा पढ्न र ¥यापिङको सिलप्याक तोडे वा नतोडेको प्रष्ट रूपमा देख्नेछन् ।’ यसअघि पहेँलो रङको ३० माइक्रोन र ५० एमएम उचाइ भएको र्यापिङ  प्रयोग गर्दै आएको थियो ।

पुस ११ गतेदेखि पुरानोलाई हटाएर नयाँ र्यापिङ  लगाउन थालेको कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले जानकारी दिए । ‘पुरानो हटाएर अहिले नयाँ ल्याएको ¥यापिङ ग्यास सिलिण्डरमा लगाउन थालिएको छ’ उनले भने, ‘अहिले तत्कालको लागि ५० हजार ८ सय पिस ¥यापिङ खरिद गरेर ल्याएका छौं । अहिले ल्याएको ¥यापिङको परीक्षण गरेपछि थप मगाउने तयारी उद्योगले गरेको छ ।’ कोशी ग्यास उद्योगले दैनिक ७ देखि ८ हजार ग्यास सिलिण्डर उत्पादन गरी बजार पठाउँदै आएको उनले बताए । अहिले नयाँ ल्याएको ¥यापिङ साविकको भन्दा मजबुत भएको कम्पनीको दाबी छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा मङ्गलबार कोशी ग्यासको अनुगमन गरेको थियो । अनुगमनको क्रममा कोशी ग्यास उद्योगले पुरानो कमजोर खालको ¥यापिङ हटाएर नयाँ लगाएको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका  निमित्त कार्यालय प्रमुख पोखरेलले बताए । ‘हामीले दिएको निर्देशनपछि उद्योगले पुरानो हटाएर नयाँ ¥यापिङ गरेर बजार पठाउन थालेको भेटिएको छ’ उनले भने, ‘उद्योगले निर्देशन पालना गरेको भेटियो ।’