धरान । इटहरीमा सञ्चालित आरटीआरके होटल स्कुलले ‘चुलो रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएको छ ।

शुक्रबार एक कार्यक्रममा बीच ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक तथा साहित्यकार राजकुमार कार्कीले रेष्टुरेन्टको उद्घाटन गरेका छन् । रेष्टुरेन्टका प्रबन्धक प्रेम तुम्बापो, सञ्चालक रचना थापा, सेफ प्रेमलाल घिसिङ लगायतको उपस्थितिमा प्रधानसम्पादक कार्कीले रिबन काटेर रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । होटल म्यानेजमेन्ट सम्बन्धित तालिम तथा कक्षा सञ्चालन गर्दै आएको आरुटीआरकेले नेपाली मौलिक खानालाई प्रवद्र्धन गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा आएको जनाएको छ ।

उद्घाटनसँगै रेष्टुरेन्टमा ‘फुड टेस्ट फेस्टिभल’ पनि सुरु भएको छ । १५ दिनसम्म सञ्चालन हुने फेस्टिभलमा नेपाली मौलिक परिकारहरु चाख्न पाइने बताइएको छ ।

hotel