ब्लाष्टखबर ।  बुधबार एकै दिन सुनकाे मुल्य प्रतिताेलामा ९ सयले घटेकाे छ ।  हिजो ९४ हजार ९ सयमा कारोबार भएको सुनको बुधबार ९ सय रुपैंयाले घटेर ९४ हजार रुपैयाँमा कायम भएकाे सुनचाँदी व्यवसाय महासंघले जनाएकोे छ । 

तेजावी सुनको मुल्य आज ९३ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मुल्य पनि ५० रुपैयाँले घटेर १२६५ मा कारोबार भएकाे महासंघले जनाएको छ ।