ब्लाष्टखबर ।  मंगलबार सुनको मूल्य प्रतितोला ३ सयले घटेकाे छ । सोमबार प्रतितोला ९५ हजार २ सयमा कारोबार भएको छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँ कारोबार मुल्य ताेकिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 तेजाबी सुन आजका लागि प्रतितोला  ९४ हजार ४ सय तोकिएको  महासंघले जनाएको छ । यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३ सय २० मा सोमबार कारोबार भएको चाँदी मंगलबार भने प्रतितोला रु एक हजार ३ सय १५ मा कारोबार हुने गरी तोकिएको छ ।