ब्लाष्टखबर । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ८०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार   बिहीबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९४ हजार ३०० रुपैयाँ पुगेको हो । 

त्यस्तै, तेजावी सुनको भाउ आज ९३ हजार ८५० रुपैयाँमा काराेबार भएकाे छ । यता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । यसअघि एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँ पर्नेछ ।