ब्लाष्टखबर । साताकाे दाेस्राे दिन साेमबार गिरावट आएकाे सुनकाे मुल्य तेस्राे दिन आज पनि गिरावट आएकाे छ । साेमबार ताेलामा १०० रूपैयाँले ओरालो लागेकाे सुनकाे मुल्य मंगलबारपनि १०० रूपैयाँले नै घटेकाे हाे ।
जसअनुसार, सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० मा कारोबार भएकोमा मंगलबार ९२ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९१ हजार ९५० मा कारोबार भएको थियो ।
यस्तै, मंगलबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २०० मा कारोबार भएको थियो । मंगलवार पनि चाँदी एक हजार २०० मा नै कारोबार भइरहेको छ ।