ब्लाष्टखबर । नेपाली बजारमा अघिल्लाे साताकाे शुक्रबार स्थितर रहेकाे सुनकाे मुल्य याे साताकाे पहिलाे दिन आइतबार पनि स्थिर रहेकाे छ । 

जसले गर्दा बिहिबार काराेबार भएकाे मुल्यमा नै शुक्रबार, शनिबार र आइतबार पनि  काराेबार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ । यसैगरी तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा काराेबार भएकाे छ । 

यता, चाँदीको भाउ समेत स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार २०० रुपैयाँ पर्ने महासंघले जनाएको छ । अघिल्लो साता शुक्रबार पनि स्थानीय बजारमा सुन र चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।