ब्लाष्टखबर । विराटनगर महानगरपालिका ६ स्थित सरोचनबाट शनिबार प्रहरीले अबैध रुपमा कर छलीगरी भण्डारण गरेको अवस्थामा विभिन्न प्रकारका कपडासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोहि ठाउँका २४ वर्षय अशिफ खान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रहरीले उनको घरबाट लेडिज सुइटर २४० थान, लेडिज सुरुवाल ८४ थान, लेडिज कुर्ती १५ थान गरी अन्दाजी १ लाख ६२ हजार मुल्य बराबरको कर छली गरी भण्डारण गरेको अवस्थामा बराद गरेको होे ।

बरामद कपडासहित पक्राउ परेका खानलाई आवश्यक कारवाहीकालागी मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।