ब्लाष्टखबर । सामाजिक अभियानमा सक्रियतापूर्वक उभिएको जेसिज, पथरी शनिश्चरेले शुक्रबार नगरको वडा नं. २ स्थित सेल्फी रोडलाई विभिन्न उद्देश्यमूलक होडिङ बोर्डहरू राखेकाे छ ।
जेसिज निर्माण सप्ताहका रूपमा सञ्चालित विभिन्न कार्यक्रममार्फत जेसिजले नागरिकका जागरण र अपेक्षित परिवर्तनका लागि व्यक्तित्व विकासमा जोड दिइरहेको छ ।
उक्त सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन रचनात्मक कार्यक्रम गर्दै सेल्फी रोडमा सचेतनामूलक होडिङ बोर्ड राखी पछिल्लो समय राष्ट्रिय स्तरमा चर्चा बटुलिरहेको सेल्फी रोडकाे थप सजावट गरेकाे हाे ।
कार्यक्रममा पछिल्लो दुई वर्षयता यहाँ दिनहुँजसो हजारौं आन्तरिक पर्यटकहरू आउने गरेको रोडको परिकल्पनाकार, सामाजिक एवं राजनीतिक व्यक्तित्व पार्थबहादुर बुढाथोकी बताए ।
उनले स्थानीय सरकारको उपस्थितिपछि जे जति गरिएकाे भएपनि पुग्दो नभएकाे बताउँदै निर्मित स्थानीय संरचनालाई आन्तरिक पर्यटक क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको सन्दर्भ औल्याउँदै यसमा जेसिजले राम्रो काम गरेकोप्रति धन्यवाद दिँदै कार्यक्रम आयोजनका लागि खुशी व्यक्त गरेका छन् ।
महेन्द्र राजमार्गदक्षिण सुनझोडा खोला किनारमा रहेको सुनगङ्गा घाटदेखि स्थानीय बोक्रेचौकसम्मको सुन्दर तथा रमणीय स्थललाई सेल्फी रोडका नामले चिनिन्छ ।
स्थानीय युवा जेसिज राजकुमार विश्वकर्माकाे उद्घोषणबाट अघि बढेको कार्यक्रमको अध्यक्षता अध्यक्ष जेसी सन्तोष ढुङ्गेलले गरेका थिए ।
कार्यक्रममा कार्यकारी उपाध्यक्ष जेसी अनिता राईं, जेसी प्रदीप फुयाँल, जेसी निर्मला भट्टरार्ई, जेसी काशिहाङ राईं, जेसी नारायण प्रसाद दाहालको सक्रिय भूमिका रहेको थियो ।
आफ्नो संस्थाकाे निर्माण सन्दर्भमा आयोजित जेसिज सप्ताह अन्तर्गत शहरबजार सरसफाई, स्थानीय घाट सरसफाईं, दीर्घरोगी र बिरामीलाई सहयोग, शासन व्यक्तिको होइन विधिको हुनुपर्छ अभियान, फुडसब, रक्तदान आदि कार्यक्रमहरू सम्पन्न गरेको छ ।