श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर २७ गते शनिबार, १२ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्गकृष्णपक्षको त्रयोदशी तिथि सूर्योदय ६ः३५ र सूर्यास्त ५ः०४ मा हुनेछ ।
मेष
पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । मित्रबाट सुख मिल्नेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ ।
वृष
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्त सङ् गरमाईलो भेटघाटपनि हुनेछ ।
मिथुन
नयाँ विजनेश प्लानको योजना बन्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला ।
कर्कट
यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । साताको अन्त्यमा सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
सिंह
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ । अचल सम्पत्ति हातपर्नुका साथै लाभदायक यात्रा हुनेछ ।
कन्या
धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
तुला
राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । साताको अन्त्यमा काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ ।
वृश्चिक
नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ
धनु
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
मकर
अतिथिको रूपमा सत्कार पाइएला । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । छोटो दुरीको लाभदायक यात्राहरू हुनेछ । सजिलै अरुको बिश्वास जित्न पनि सकिनेछ ।
कुम्भ
लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । नयाँ काम वा रोजगार पाईनेछ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् ।
मीन
सामाजिक कार्यमा सफलता मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको मध्यमा किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने–हराउने सम्भावना छ ।