ब्लाष्टखबर । भन्सार छलि गरी भातबाट नेपालतर्फ अबैध रुपमा ल्याईको कपडा, प्याज तथा खाद्यन्न बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ स्थित बखरीमा अन्दाजी ३७ हजार ६०० मुल्य बराबरको सामान बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।

बरामद भएको उक्त सामान आवश्यक कारवाहीकालागी मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक लोक दर्शन थापाले बताएका छन् ।