ब्लाष्टखबर । नेपालमा बिहिबार सुनकाे मुल्यमा १ हजार ६०० ले बृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाला सुन आज ९२ हजार ६०० मा कारोबार भएको छ । 

तेजाबी सुनमा पनि तोलामा एक हजार ६ सयले नै बृद्धि भइ  ९२ हजार १५० रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० ले बृद्धि भइ प्रतितोला १ हजार २०५ रूपैयाँ मा काराेबार भएकाे छ ।