ब्लाष्टखबर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले नियन्त्रणमा लिएकाे बताएका छन् । 

पौडेलसहित र तनहुँ जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेलाई प्रहरी हिरासतमा लिएकाे उनले सामाजिक संञ्जाल फेसबुक उल्लेख गरेका छन् ।

तनहुँ स्थित व्यास नगरपालिका १, १० र ११ जाेड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाइ  पुल उद्धाटनकाे विषयलाइ लिएर नेपका र कांग्रेस कार्यकताएबीच विवाद तथा झड्प भएपछि तनहुँ प्रहरीले पौडेलसहितका नेताहरुलाई नियन्त्रणमा लिएकाे अनलाइखबरले उल्लेख गरेकाे छ ।

पाैडेलले सामाजिक संञ्चाल फेसबुकमा 'भर्खर प्रहरी परिचालन गरि मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ! ' लेखेका छन् ।