भण्टाबारी । भारतबाट तस्करी गरी ल्याइएको प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ ।

तस्करी गरी यात्रुबाहक बसमा काकडभिट्टाबाट पोखरा लैजादै गरिएको प्याज सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीले बरामद गरेको हो ।

काँकडभिट्टाबाट पोखरा जादै गरेको ना ५ ख ६६१७ नम्बरको यात्रुबाहक गाडीबाट ४३० केजी प्याज बरामद गरिएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए ।

सुनसरीको कोशी गाउँपालीका ८ स्थित राजमार्गमा सवारीसाधन चेकजाँचको क्रममा बरामद गरिएको उक्त प्याजको बजार मूल्यअनुसार ३२ हजार २५० मूल्यांकन गरेको उनले बताए । बरामद गरिएको प्याज सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरीले बताएको छ । खपतअनुसारको आयत नभएपछि सुनसरी,मोरङ,झापालगायतका जिल्लाको विभिन्न नाका हुँदै प्याज तस्करी हुने गरेको छ । त्यसरी तस्करी गरी नेपाल भित्र्याइने प्याज देशका विभिन्न स्थानसम्म पुर्‍याउने गरिएको छ ।