ब्लाष्टखबर  । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालकालागी बरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि मतदान सुरु भएकाे छ । महासंघको ५४औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आज बिहानबाट नयाँ नेतृत्व चयनका लागी मतदान सुरू भएकाे हाे ।  निर्वाचनमा देश भरका १ हजार ११६ जना मतदाताहरूले ६३ पदका लागि पदाधिकारी छनैट गर्ने छन् । 

शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनकाे लागि काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई ध्यानमा राखी काठमाण्डौका तीन ठाउँबाट मतदान केन्द्रकाे व्यवस्था गरिएको छ ।

 १ सय २७ जनाले उम्मेदवारी दिएकाे चुनावका लागी मतदान गर्न जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु, र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको छ । 

वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित नयाँ कार्यकारी समिति सदस्य निर्वाचित हुने चुनवका लागी  वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानकाे प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।