भारतीय आयुर्विज्ञान अनुसंधान परिषद (आईसीएमआर) को दोस्रो राष्ट्रिय सर्वेक्षणले अगस्तमा सम्ममा भारतमा १० वर्ष वा सो भन्दा माथिका उमेर समुहका करिब ७ दशमलब ४३ कराेड मानिस काेराेना संक्रमणकाे चपेटामा परेकाे जनाएकाे छ । सर्वेक्षणका अनुसार ती मध्ये धेरैजसो सहर भित्रका गरिब बस्तीका मानिसहरू रहेकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ । 

'लान्सेट ग्लोबल हेल्थ' मा प्रकाशित सर्वेक्षणका अनुसार भारतमा १० बर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको सर्वेक्षणले जनसंख्याको ठूलो अनुपात  कोरोना भाइरस संक्रमणको जोखिममा रहेकाे छ । 

उक्त प्रतिवेदनमा भनिएको छ, 'भारतका धेरैजसो राज्यहरूमा संक्रमणको प्रसार फैलिने अपेक्षा गरिएको छ जबसम्म राेग प्रतिरोधात्मक क्षमता बढाउने लक्ष्य हासिल हुँदैन। '

उक्त रिपोर्टका अनुसार, '२०२० अगस्त सम्ममा १० वर्ष वा सो भन्दा माथि उमेर भएका १५ जनामध्ये एक जना विश्वव्यापी कारेना संक्रमणको शिकार भएका थिए। सर्वेक्षणका अनुसार भारतमा मई र अगस्त २०२० काे विचमा संक्रमण २० गुणाले फैलिएकाे थियाे ।