ब्लाष्टखबर । भन्सार छलि गरी अबैध रुपमा नेपाल भित्र्याइएको करिब ६३ हजार मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

हिजो अपरान्ह साढे ५ बजे विराटनगर उपमहानगरपालिका १३ हनुमान मन्दिर टोल स्थित नेपाल टेलिकम हाइवे नजेकै बेवारीसे अवस्थामा भन्सार छलि ल्याएको कपडा, कस्मेटिक सामान तथा खाद्यन्न बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार प्रहरील लेडिज सुईटर २५ पिस, लेडिज सुईटर सेट २ पिस, लेडिज सुरुवाल ११ पिस, बच्चाको जम्पर सुट २३ पिस, बच्चाको जम्पर सुट १ प्याकेट, बच्चाको ओढ्ने ५ पिस , बच्चाको टोपि १२ पिस , बच्चाको मोजा १ प्याकेट ,बच्चाको पन्जा १ प्याकेट , लेडिज मोजा १८ पिस , जेन्स मोजा ६ पिस , कुरमुरे र लेज ४० , लेडिज क्रिम ३५ पिस , लोटस क्रिम ४ पिस , ल्याक्मी क्रिम १२ पिस र  क्लिजिंङ १२ पिस गरी अन्दाजी मुल्य ६३ हजार ६ सय १० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

बरामद गरीएका उक्त सामानलार्इ अवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भई रहेको उक्त कार्यालयले जनाएके छ ।