ब्लाष्टखबर । म‌ंगलबार नेपालली बजारमा सुनकाे भाउमा गिरावट आएकाे छ । सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ मा काराेबार भएकाे सुनकाे मुल्यमा १ हजार ८ सय रुपैयाँले गिरावट आइ मंगलबार ९२ हजार  ५ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार २ सय १० रुपैयाँमा किनबेच भएकाे  चाँदीको भाउ मंगलबार एक हजार १ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।