ब्लाष्टखबर ।  साउदी अरबस्थित  सरकारी अस्पताल  खामिस मुशैट सिभिल हस्पिटलका एक चिकित्सकको बिरामीको शल्यक्रिया गर्न लागेकाे बेला मृत्यु भएकाे छ ।  अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल इमारीकाे हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सकको मृत्यु भएकाे साउदी सञ्चारमाध्यमहरूले जनाएकाे छ । संञ्चारमाध्यमका अनुसार डा. महदी अललाई हृदयाघात भएको बताइउकाे छ । शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए।

इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको अपरेशन गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन। अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल शहरीलाई उद्धृत गर्दै अल वतनले लेखेको छ, "एक बिरामीको शल्यक्रिया गर्न उपस्थित भएका इमरीलाई हामीले थकित भएको र पेटको पीडाले सताएको सङ्केत देख्यौँ।" इमरीले सुरुमा आफ्नो परीक्षण गर्न अस्वीकार गरेको र बिरामीको शल्यक्रिया गर्ने कुरामा जोड दिएको कुरा विभाग प्रमुख शहरीले बताएका छन्।

अन्तत: उनलाई इलेक्ट्रोकार्डियोग्राम गर्न मनाइयो। त्यसमा उनलाई हृदयाघात भएको देखिएको अस्पतालले जनाएको छ। "आफ्नो कर्तव्य निर्वाहका क्रममा उनको मृत्यु भयो," गल्फ न्यूज वेवसाइटका अनुसार डा. शहरीले भनेका छन्। बिबिसी नेपाली सेवा