श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर ९ गते मङ्गलबार, २४ नोभेम्बर २०२० । कात्तिक शुक्लपक्षको दशमी तिथि २४ः०० बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वभाद्र १५ः४४ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः३१ र सूर्यास्त ५ः०९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तम खालको छ । धार्मिक यात्राको अवसर मिल्ला । घरमा कुनै माङ्गलिक कार्यक्रम हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । सोचेभन्दा राम्रो प्रगति होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्य खालको छ । आप्mनोभन्दा अरूको काममा समय बित्ला । अनावश्यक कामको झन्झटमा फसिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । साथीभाइहरूको सहयोगमा नयाँ कामको शुभारम्भ होला । शैक्षिक क्षेत्र सुध्रिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तम खालको छ । राजनीतिक काममा आप्mनो वर्चस्व बढाउन सकिनेछ । नोकरीमा स्थानान्तरण तथा बढुवा होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनको सहयोगले नया“ काम गर्ने मौका आउनेछ । रमाइलो यात्राको अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रो छ । प्रयास सकारात्मक रहनेछ । रोकिएको काम सुचारु होला । नयाँ कामको शुभारम्भ होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लामो समयपछि आफन्तस“गको भेटघाटले मनमा उत्साह मिल्नेछ । धार्मिक काममा रुचि बढ्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामका विभिन्न अवसरहरू प्राप्त होलान् । अध्ययन–अध्यापनमा सफलता मिल्ला । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरायसी काममा रुचि बढ्ला । प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ । सोचेका काम पूरा होलान् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा आफन्तको राम्रो सहयोग मिल्ला । अधूरा कामहरू सुचारु हुनेछन् । जग्गा–जमीनको कारोबारबाट लाभ होला ।