धरान । पट्नाली फुटबल क्लब, धरान १७ को आयोजनामा शुक्रबारबाट सुरु भएको ‘प्रथम पट्नाली च्यालेन्ज कप–२०७७’को शनिबारको खेलमा सहीदभूमी–२ फुटबल क्लब, धनकुटा र सत्तिसाले फुटबल क्लब, मोरङ विजयी भएका छन् ।

पट्नाली खेल मैदानमा शनिबार भएको पहिलो खेलमा आयोजक पट्नाली निलोलाई २–०ले पराजीत गर्दै सहीदभूमी क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलमा सहीदभूमीका सञ्जय रम्देल म्यान अफ दि म्याच घोषित भए ।

शनिबारको दोस्रो खेलमा विष्णुपादुका फुटबल टिम, धरान २० लाई ४–०ले पराजीत गर्दै सत्तिसाले फुटबल टिम मोरङ पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलमा सत्तिसालेका सुजन मगर म्यान अफ दि म्याच घोषित भए ।

शुक्रबारको खेलमा गोधुली क्लब धरान १७ले शान्तिनगर फुटबल टिम इटहरीलाई ३–२ ले पराजीत गरेको थियो । खेलमा गोधुलीका मिलन राई म्यानअफ दि म्याच बने । एन्फाको प्रदेश नं.१का अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष किशोर राईले शुक्रबार उद्घाटन गरेको प्रतियोगीतामा १६ टिम सहभागी छन् ।

मङ्सीर १३मा फाईनल प्रतिष्पर्धा हुने प्रतियोगीताको विजेता टिमले नगद ४० हजार, उपविजेताले नगद २५ हजार र उत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट गोल किपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड, हाइस्कोरर र कोचले ३ हजार १ सयका दरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलका म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

आईतबार फेयर फुटबल क्लब धरान १७ र टेकाने फुटबल नहडा तथा आयोजक पटनाली रातो र बराहक्षेत्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुने छ ।

patnali fc

patnalifc