यासोक । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देशलाई फुसको छानो मुक्त पार्ने बताएका छन । समृद्ध नेपाल सुखि नेपालीको नारा अनुसार देशलाई फुसको छानो मुक्त बनाउँने बताएका हुन ।

पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ माङजाबुङको विद्युतिकरण समुत्घाटनमा बोल्दै नेम्बाङले यस्तो बताएका हुन । उनले देश भरका बिपन्न समुदाय पहिचान गरी यो वर्ष मात्रै १ लाख ५० हजार घरधुरी फुसको छानो मुक्त हुने र आगामी वर्ष अन्य घरधुरीलाई समेट्ने गरी काम भइरहेको बताए ।

त्यस्तै विद्युतको पहुँचबाट टाढा रहेका स्थानीयतहमा बिद्युतिकरण गर्दै देश अध्यारो मुक्त बनाउँने गरी सबै स्थानीयतहरुलाई बिद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको समेत बताए ।

उनले बिद्युतसंगै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तमोर कोरिडोरलाई थप स्तर उन्नती गर्दै लाने बताए । सो उत्घाटन समारोहमा प्रदेश १ का सामसद सिता थेबे, नेकपा केन्द्रिय सदस्य आइन्द्रसुन्दर नेम्बाङ, जिल्ला समन्वय समिति सभापती बिमलप्रसाद सापकोटा, नेकपा प्रदेश कमिटि सदस्य हर्क नेम्बाङ, फाल्गुनन्द गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङ, कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ लगायतको उपस्थीति रहेको थियो ।

गाउँपालिकाको वडा नम्बर २ का ७ सय २५ घरधुरीमा विद्युतको पहुँच पुगेको छ । २०७३ सालमा सामुदायिक ग्रामिण विद्युतिकरण विभागले ७ करोड ५० लाखमा वाइबा इन्फ्राटेक प्रालिलाई ठेक्का दिएको थियो ।

ठेक्का पाएको निर्माण कम्पनीले चौकी बजारसम्म विद्युत बिस्तार भएको छ । हाल वडाको साविक १, र ९ का ८५ घरधुरीले बिद्युत उपभोग गर्दै आएका छन ।

भने ६ सय ४० घरधुरीमा विद्युत बिस्तार हुन बाँकी छ । उक्त घरधुरीमा विद्युत बिस्तारको काम हुदै आएको ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष खिङसेमी शेर्माले बताए ।