ब्लाष्टखबर । सुनकाे मुल्यमा शुक्रबार पनि गिरावट आएकाे छ । बिहिबार प्रतिताेला ९४ हजार ४०० मा काराेबार भएकाे छापावाल सुन शुक्रबार ४००ले घटेर ९४ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंघका अनुसार बिहिबार प्रतितोला ९३ हजार ९०० मा काराेबार भएकाे तेजाबी सुनमा पनि ४०० ले गिरावट आइ ९३ हजार ५०० मा कारोबार भएको छ । यस्तै, चाँदी शुक्रबार प्रतितोला ५ रूपैँयाले घटेको छ । बिहीबार प्रतितोला  १ हजार २१५ मा कारोबार भएको चाँदी शुक्रबार भने प्रतितोला  १ हजार २१० मा कारोबार भएको छ ।