ब्लाष्टखबर । आज नेपाली बजारमा सुनकाे मुल्यमा गिरावट आएकाे छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला  ९५ हजार १०० मा काराेबार भएकाेमा  बिहिबार ७ सय ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रू ९४ हजार ४ सय मा कारोबार भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला  ९३ हजार ९ सय मा कारोबार भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला रू ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार २१५ मा कारोबार भएको महासंघले जनाएको छ ।