ब्लाष्टखबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँकाे का चुनावी अधिकारीलाई बर्खास्त गरेका छन्। गतमहिना भएकाे चुनाव निष्पक्ष र अहिलेसम्मकै सुरक्षित भएकाे बताएका साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीसा) का प्रमुख क्रिस क्रेब्सलाई ट्रम्पले हटाइदिएका हुन्। 

मतदानकाे विषयमा गलत टिप्पणी गरेको भन्दै हटायएकाे त्यहाका संञ्चार माध्यमले जनाएकाे छ । 

राष्ट्रपतिय निर्वाचनमा जो बाइडनसँग पराजित बेहाेरेका ट्रम्पले चुनावमा धाँधली भएकाे भन्दै मतपरिणाम स्कार गरेका छैनन् । उनले चुनावमा धाँधली भएकाे भन्दै अमेरीकाका विभिन्न राज्यका अदालतमा मुद्दा समेत दर्ता गराएका थिए । पहिल्लाे समय प्रमणा अभावका कारणा ति मुद्दाहरू अदालतले खारेजि गर्ने क्रम जारी रहेकाे त्यहाका संञ्चार माध्यमले जनाएकाे छ ।