श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक २६ गते बुधबार, ११ नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको एकादशी तिथि २४ः०० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वफाल्गुनी ०६ः४५ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः२१ र सूर्यास्त ५ः१३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
जागिरमा अपजस खेप्नु पर्ला । सामाजिक व्यक्तिहरूबाट सोचेजस्तो सहयोग हुने छैन । विवादको योग छ, ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ रोजगारीको अवसर प्राप्त हुनेछ । सामान्य कार्यबाट पनि ठूलै धनराशि प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिनको पूर्वाद्र्ध राम्रो देखिन्छ । सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । स्वास्थ्यमा विशेष विचार पु¥याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक यात्राको योग छ । शैक्षिक प्रतिस्पर्धामा सफलता मिल्ला । प्रशासनिक झमेला सहनु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तस“गको सम्बन्धमा सुधार आउनेछ । आफ्ना पक्षका व्यक्तिहरू बढ्नेछन् । स्वास्थ्यमा सुधार होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान पक्षबाट सन्तुष्टि मिल्ला । अनुसन्धानात्मक कार्यमा सफलता हात लाग्नेछ । व्यापार–व्यवसाय राम्रो देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवरुद्ध कमहरू बन्नेछन् । धार्मिक कार्यमा मन जाला । शैक्षिक क्षेत्रमा गरिएको लगानी राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आप्mनै निर्णयले आफैलाई निराश तुल्याउने छ । निर्णय लिँदा सोचविचार गर्नुहोला । समय मध्यम् खालको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
माया–प्रेममा सफल भइएला । कार्यमा सफलता प्राप्त होला । स्वास्थ्यमा समस्या देखापर्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा मन जाला । काममा सोचेभन्दा बढी सफलता हात लागे पनि अध्ययन क्षेत्र र प्रेमपक्ष कमजोर देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रारम्भ गरेका काम पूरा नहुने देखिन्छ । निर्णय लिँदा सोचविचार गर्नुहोला । समय सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चिताएका कामहरू बन्लान् । शिक्षामा प्रगति होला । शिरसम्बन्धी रोग देखिएला । आम्दानीभन्दा खर्च बढी होला ।