ब्लाष्टखबर । बिहार विधानसभा चुनावकाे मतगणनाकाे आजबाट सुरू भएकाे छ । तीन चरणमा भएकाे चुनावकाे प्ररम्भिक नतिजन सार्वजनिक भएसंगै केन्द्र सरकार संञ्चालन गरेकाे भारतीय जनता पार्टी (भाजपा) र लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल (राजद) बीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यस्तै,  बिहारका मुख्य मन्त्री नितेश कुमारकाे जनता दल युनाइटेड र भारतीय काग्रेस पार्टी बिच प्रतिस्पर्था रहकाे छ । 

२०० सिटको रुझान सार्वजनिक हुँदा राजद ७२ सिटमा र भाजपा ७० सिटमा अगाडि देखिएका छन् । यसैगरी जनता दल युनाइटेडले ४८ र कांग्रेसले २२ सिटमा लिड गरिरहेका छन् । २४३ सिट रहेकाे बिहार विधानसभामा बहुमत प्राप्त गर्नका लागि कम्तीमा ११२ सिट जित्नुपर्छ ।

सुरूवाती चरणमा ३ पटक मुख्यमन्त्री बनिसेकाे चौथो कार्यकालका लागि चुनावी मैदानमा रहेका नितिश कुमार भन्दा अघि रहेका लालुप्रसाद यादवको छोरा तेजस्वी यादव पछिल्लाे मत गणनाकाे परिणाम आएसंगै पछि परेका छन् ।

राष्टवादी मुद्दामा चुनावमा भाेट माग्दै आएकाे विजेपी बिरूद्ध बिहार विधानसभा चुनावमा शिक्षा र राेजगार मुख्य मुद्धा बनाउन सफल तेजस्वी भारतिय पत्रकारहरूले गरेकाे एक मत सर्वेक्षणमा स्पस्ट बहुमतमा बिजय हुनसक्ने आंकलन गरीएकाे थियाे ।