ब्लाष्टखबर ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । कुन विषयलाई लिएर रक्षा मन्त्री एस्परलाई पदबाट हटाइएकाे हाे भन्ने स्पष्ट भएकाे छैन । 

चुनाव भन्दा केहि समय अघि अश्वेत पुरूषकाे प्रहरीद्वारा गरिएको हत्याको बिषयले उब्जाएकाे जातीय विभेदका विषयमा भएको प्रदर्शनमा सैन परिचालकाे बिषयमा ट्रम्पको विपक्षमा एस्पर उभिएका थिए।

पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताएका थिए। उनकाे उक्त भनाइ प्रति ट्रम्प चिढिएको थिए । त्यहि समयनै रक्षामन्त्री हटाउने आङ्कलन गरिएको भएपनि त्याे भएकाे थिएन ।

बीबीसी नेपाली सेवाका अनुसार साेमबार ट्रम्पले एस्परलाई पदबाट हटाएका हुन् । न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ। पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो। 

अमेरिकामा आगामी जनवरी २० मा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन्। तथापी, अमेरिकामा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् र उनले नतिजालाई अदालतमा चुनौती दिने वाचा गर्दै आएका छन्।