धरान । पछिल्लो २४ घण्टामा नेपालभर थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै आज निको हुने संक्रमितको संख्या ३४३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या १८५९७४ पुगेको छ।
भने कोरोना संक्रमित भएर निको हुनेको संख्या १४८४०८ पुगेको छ। २४ घण्टामा १३०६८ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार हाल ३६५१४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।

हालसम्म नेपालमा १५०७१९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।