ब्लाष्टखबर । रतुवामाई नगरपालिका वाड नम्बर ३ का वडासदस्यलाई जवरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ । 

कार्तिक ९ गते साेहि वडाकी ३० वर्षीय महिलालाई खेतमा काम गर्न बोलाएर करणी गरेको भन्दै पिडितको उजुरीपछि ३५ वर्षिय विनोद कुमार सिंहलाई वरजस्ती करणीको आरोपमा पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

जवरजस्ती करणी गरेको अवस्थामा स्थानीयले देखेपछि सिंहले आफ्नो कपडा समेत छाडेर भागेका थिए । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएकाे प्रहरी टाेलिले सिंहलाई चौकीघाटबाट नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएकाे छ । साझ ६:३० मा भएकाे उक्त घटनाकाे घटना स्थमा पुगेकाे प्रहरी टाेलीले सिंहले छाेडेर भागेकाे कपडा समेत बरामत गरेकाे थियाे । 

कार्यालयका अनुसार उनलाई साेहि राती करिब ११ बजे चौकीघाटबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहकाे छ ।