फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणासँगै सडकमा गाडीको जाम

alt
  • कार्तिक १४, २०७७
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडकमा व्यापक चाप देखिएको छ।

स्थानीय सञ्चार माध्यमहरूले इल ड फ्रान्स क्षेत्रमा बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको जनाएका छन्।

कोरोनाभाइरस महामारीसँग जुझ्न त्यहाँ शुक्रवार मध्यरातबाट प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ।

सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ।

राष्ट्रपति एम्यानुअल माक्रोँले फ्रान्स 'कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलोभन्दा कडा हुनेमा सन्देह नरहेको' बताएका छन्।

फ्रान्समा गत एप्रिल महिनायता अहिले कोरोनाभाइरस सङ्क्रमितको दैनिक रूपमा मृत्यु हुने सङ्ख्या उच्च दरमा पुगेको छ।

त्यहाँ बिहीवार सङ्क्रमणका ४७,६३७ नयाँ घटना पुष्टि भएको थियो भने २५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

लकडाउनको समय गाउँहरूमा बिताउन प्यारिसवासीहरूले सहर छाडेको फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन्।

किन छाडे प्यारिस?
२४ वर्षीय एन्नाले एउटा पत्रिकालाई उत्तरी फ्रान्सस्थित आफ्नो अर्को घरमा बस्न जान प्यारिसस्थित अपार्टमेन्ट छाडेको बताएकी छन्।

उनले पहिलो लकडाउन प्यारिसमा बिताउन 'मनोवैज्ञानिक रूपमा कठिन' भएको तर बेर्नेमा 'हावा स्वच्छ' रहेको अनि त्यहाँ आफूले स्वतन्त्र महसुस गर्ने बताइन्।

गत मार्चमा पहिलो पटक लकडाउन लागु गरिँदा पनि यसै गरी ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिएका थिए।

फ्रान्समा हाल कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरिएको छ।

युरोपका थुप्रै मुलुकहरूमा सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ। फ्रान्समा अहिले दैनिक करिब ५० हजार नयाँ सङ्क्रमितहरू भेटिने गरेको पछिल्लो विवरणले देखाउँछ।

प्यारिसमा सघन उपचारमा प्रयोग हुने ७० प्रतिशत शैय्याहरू सङ्क्रमितहरूले भरिएका छन्।

बुधवार राष्ट्रपति माक्रोँले घोषणा गरेका प्रतिबन्धका धेरैजसो व्यवस्थाहरू मार्चमा लगाइए जस्तै नै छन्।

धरान उपमहानगरद्वारा ...

धरान । धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान धरानका माई ...

धरानका नगरप्रमुख र उ ...

धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन ...

लाेक गायक सुरेश गन्ध ...

धरान । विरामी अवश्थामा रहेका लोकगायक सुरेश गन्धर्वको सह ...

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved