श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक ६ गते बिहीबार, २२ अक्टोबर २०२० । असोज शुक्लपक्षको षष्ठी तिथि ०७ः५६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वाषाढा २४ः०० बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः०७ र सूर्यास्त ५ः२८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा समाजिक कार्यक्रममा संलग्न भइएला । नयाँ कार्य सम्पादन गर्ने वातावरण सिर्जना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । पठन–पाठनको क्ष्ँेत्रमा विशेष लाभ मिल्ला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको सहयोगमा नयाँ कामको शुभारम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम्खालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । घरपरिवारबाट छुट्टिएर बस्नु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा वाहन खरिद हुनेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्ला । राजनैतिक निकायमा सफलता मिल्नेछ । काम गर्ने जोश, जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । आय आर्जनका स्रोतहरू फेला पर्नेछन् । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । नाम र इज्जत कमाउने बेला छ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । शुभसमाचार सुन्न पाइएला ।