ब्लाष्टखबर । उत्तरी पूर्वी चिनकाे हेलाेगजियान प्रान्त स्थित जिक्सि शहरका एकै परिवारका ९ जना सदस्यकाे चाउचाउ खानाले मृत्यु भएपछि राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार स्वास्थ्य चेतावनी जारी गरिएको छ।

आयोगले जनताले फरमान्टेम गरि चावल र पिठोकोबाट खाना नबनाउन र नखान अनुराध गरेकाे छ । १२ सदस्य रहेकाे उक्त परिवारमा सुन्तांगजी भनिने फरमान्टेड गरिएकाे मकैकाे पिठाेबाट बनाेकाे  बाक्लो चाउचाउ खारएर विरामी भएका थिए । जस मध्याे ३ जनाले भने फरक स्वाद भएकाले खान इन्कारा गरेका स्थानिय अधिकारीलाई उद्ध्रीत गर्दै चाइना डेलीले जनाएकाे छ । 

चाइना डेलीले बताएकाे छ की ५ अक्टुबरमा चाउचाउ खाएका उनिहरू केहिसमय पछि विरामी भएकाे र उनिहरू मध्याे ८ जनाकाे ११ अक्टुबर सम्ममा मृत्यु भएकाे थियाे । मृत्यु हुने ८ जनालाई भर्ना नगरिएकाे भएपिन ९ जना मध्याे १ जना ४७ वर्षीया महिला ली सरनामे अस्पताल भर्ना भएकी थिइन् । उनकाे पनि गत साेमबार मृत्यु भएकाे उनका छाेरालाई उद्ध्रीत गर्दै चाइना डेलीले जनाएकाे छ ।