धरान । केपी शर्मा ओली नेतृत्वको सरकारमा नयाँ नियुक्त भएका तीन जना मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले अर्थमन्त्री, शहरी विकास मन्त्री र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्तको लागि सिफारिस गरेका थिए । उनीहरूलाई आज शपथ ग्रहण गराइएको हो ।

जसमा अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिकामा लीलानाथ श्रेष्ठ नियुक्त भएका थिए । मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै आज साढे ११ बजेतिर राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण गराइएको हो । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइन् । उनीहरूले आजै पदभार सम्हाल्ने छन् ।