श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २८ गते बुधबार, १४ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको द्वादशी तिथि १२ः५५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्व फाल्गुनी २०ः०८ बजेसम्म, उप्रान्त उत्तर फाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः०३ र सूर्यास्त ५ः३५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सेवामूलक काममा तपाईको विशेष स्थान रहला । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शरीरमा आलश्यता छाउला । विश्वासपात्रबाट धोका हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । जागिरमा बढुवा होला । बिछोडिएका साथीभिाइसित रमाइलो भेटघाट हुनेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरहरू प्राप्त हुनेछन् । रमाइलो यात्राको अवसर आउला । परिवारमा खुशीयाली छाउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ कामको शुभारम्भ होला । बिछोडिएका साथीहरूसित भेटघाट हुनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्ममा मन जाला । अतिथि आगमनले मन हर्षित हुनेछ । छोटो दूरीको यात्रा होला । दिन राम्रो छ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक कामको झन्झटमा फसिएला । आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । मन दुःखी बन्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सरकारी जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमँइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला । दिन उत्तम छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइनेछ । घरपरिवारमा खुशीयाली छाउला ।