श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २७ गते मङ्गलबार, १३ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको एकादशी तिथि १४ः५२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मघा २३ः०८ बजेसम्म, उप्रान्त पूर्व फाल्गुणी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः०२ र सूर्यास्त ५ः३६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नयाँ कामको शुभारम्भ होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो छ । धातु तथा तत्जन्य कार्य व्यवसाय राम्ररी फस्टाउला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
काममा विभिन्न अवसरहरू प्राप्त हुनेछन् । रमाइलो यात्राको अवसर आउला । परिवारमा खुशीयाली छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ कामको शुभारम्भ होला । बिछोडिएका साथीहरूसित भेटघाट हुनेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्य छ । कार्य–व्यवसायमा समस्या आइपर्न सक्छ । अनावश्यक झन्झटमा फसिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कामको शुभारम्भ होला । व्यापारमा सफलता हासिल हुनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धातु तथा तत्जन्य कार्य–व्यवसाय राम्ररी फस्टाउला । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । गरिराखेको कार्य–व्यवसायबाट मन अघाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमँइलो भेटघाट होला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । धातु तथा तत्जन्य कार्य व्यवसाय राम्ररी फस्टाउला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यम् छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । सानो कामका लागि ठूलै धनराशि खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धातु तथा तत्जन्य कार्य–व्यवसाय राम्ररी फस्टाउला । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइनेछ ।