श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २६ गते सोमबार, १२ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको दशमी तिथि १६ः५५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेषा ००ः४३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः०२ र सूर्यास्त ५ः३७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । सेवामूलक तपाईंको विशेष स्थान रहला । सरकारी क्षेत्रमा राम्रो पकड जमाउन सफल भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा भवनसम्बन्धी महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । साथीभाइको सहयोग प्राप्त भइरहला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ कामको शुभारम्भ होला । बिछोडिएका साथीहरूसित भेटघाट हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नयाँ कामको शुभारम्भ होला ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कामको शुभारम्भ होला । व्यापारमा सफलता हासिल हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । कार्य क्षेत्रमा देखिएका बाधाहरू हट्नेछन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । गरिराखेको कार्य व्यवसायबाट मन अघाउनेछ ।  

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । घरपरिवारमा धार्मिक तथा माङ्गलिक कार्यक्रमकोे आयोजना होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धातु तथा तत्जन्य कार्य–व्यवसाय राम्ररी फस्टाउला । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा विशेष लाभ मिल्ला । शुभसमचार प्राप्तिले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यम्खालको छ । घरपरिवारबाट अलग्गिएर बस्नु पर्ला । गरिराखेको कार्य व्यवसायबाट मन अघाउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरकारी जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्मयन्य व्यक्तिहरूसित रमँइलो भेटघाट होला ।