भद्रपुर/आँखाका विरामीहरुलाइ मध्यनजर गरी भद्रपुरमा ५३ लाख रुपैयाँको लागतमा आँखाको शल्यक्रियासहित विरामी बस्ने भवन निर्माण गरिएकोे छ ।
मेची आँखा अस्पताल विर्तामोडको मातहातमा रहेको भद्रपुर आँखा उपचार केन्द्रको भवनबाट विहीबार देखि सेवा सुचारु गरिएको हो । शल्यक्रिया गर्ने विरामीलाइ विर्तामोड पठाउनु पर्ने समस्या आएपछि मेची आँखा अस्पताल सङ्घद्धरा निर्मित भद्रपुर आँखा उपचार केन्द्रले तलाथप गरी सेवा सुचारु गरेको हो ।
भद्रपुर–५ का समाजसेवी सत्यनारायण सरियाले निःशुल्क रुपमा एक विघा जमीन प्रदान गरेपछि ०७५ मङ्सिरबाट एक तले निर्मित भवनबाट उपचार सेवा सञ्चालनमा आएको थियो । सेवासञ्चालनको क्रममा ५० प्रतिशत मेची आँखाले र त्यतिनै प्रतिशत जग्गा दाताले व्यहोर्दै आइरहेका छन् ।
ओपिडी सेवा तथा शल्यक्रिया गरेवापत २ लाख ६३ हजार रुपैयाँ मेची आँखालाइ सहयोग गरेका थिए । स्थापनाको २२ महिने अवधिमा ७ हजार ६ सय ५१ जनाले सेवा लिएका थिए भने ५१ जनाको शल्यक्रिया गरिएको अस्पतालका प्रशासन प्रमुख सुरजकुमार रौनियारले बताए । पहिलो तला ५० लाखको लागतमा निर्माण गरिएको उनले जनाए ।
औषधि र चस्माबापत १ लाख ३० हजार आम्दानी र १६ लाख ३५ हजार कर्मचारी खर्च रहेको उनले बताए । अक्टोबर २०२० का दिन दृष्टि दिवस परेकोले सोही दिनलाइ मध्यनजर गरी सेवा सुचारु गरिएको उनको भनाइ छ । दैनिक २५ जनासम्मको शल्यक्रिया गरिने उनले जनाए । शल्यक्रिया गरेको एक दुइ घण्टापछि विरामी घर जान सक्ने र वस्नै परेमा हाललाइ १२ वटा शैयया तयार गरिएको उनले जनाए ।
भद्रपुर स्थित मेची पुललाइ मध्यनजर गरी स्वदेशी तथा छिमेकी देशबाट आउने विरामीलाइ गुणस्तरीय सेवा दिइने उद्देश्यले उपचार केन्द्र सञ्चालनमा ल्याइएको सङ्घका अध्यक्ष दिनेस कुमार मित्तलले जनाए । स्वर्गीय दाजु जयनारायणको सम्झनामा जग्गा सहयोग गरि उपचार केन्द्र खोलिएको जग्गा दाता सरियाले बताए ।