बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा थप दुईजनालाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमण हुनेहरु वार्ड नं. २ का ४५ वर्षीय पुरुष र वार्ड ७ का ८७ वर्षीय पुरुष छन् । दुवै लाई होम आइसोलेसनमा राखिएको बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखा संयोजक सुलोचना चौधरीले बताईन् ।

बराहक्षेत्रको चतरामा रहेको रामानन्दाचार्य सेवापीठ स्थित आइसोलेसन सेन्टरमा नगरका ११ जना तथा ईटहरी र भोजपुरको १÷१ जना गरि १३ जना रहेका छन् ।

सेन्टरमा अहिले सम्म जम्मा १ सय ४७ संक्रमित राखिएकोमा १ सय ३२ जना निको भएर फर्किएका छन् भने २ जना लाई धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको सेन्टरका सिनियर अहेव निखिल पोखरेलले जानकारी दिए ।

पिसीआर टेस्ट गर्ने केमीकलको अभाव भएपछि हाललाई नगरपालिकामा स्वाब संकलन रोकिएको शाखा संयोजक चौधरीले जानकारी दिईन् ।