विराटनगर/ सामुदाय स्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र ज्येष्ठ नागरिक र अशक्तहरूको घरमा पुगेर स्वाब संकलन लिन थालिएको छ ।

हिडडुल गर्न नसक्ने र दिर्घरोगीहरूको उपचारमा समस्या हुन थालेपछि कोरोना परीक्षणको लागि संकास्पद व्यक्तिहरूको घरमा पुगेर विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीहरूको टिमले स्वाब संकलन गर्न शनिबारदेखि सुरू गरेको हो ।

विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीको प्रत्यक्ष निगरानीमा स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको टिमले कोरोना परीक्षणको लागि वृद्धा र अशक्तहरूको स्वाब संकलन गर्दछन् । पहिलो दिन १६ जना ज्येष्ट नागरिक र अशक्तहरूको स्वाब संकलन गरि परीक्षण गरिन प्रदेश जनस्वास्थ्य ल्याब विराटनगर पठाएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । ‘कन्टयाक टे«सिङ र हिडडुलमा समस्या हुने ज्येष्ठ नागरिकहरूको अहिले महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन लिन सुरू गरेको छ,’ उनले भने, ‘आवश्यकता अनुसार यो क्रममा विराटनगरका सबै वडा भित्रमा सुरू हुनेछ ।’

आइतबार विराटनगर ३ र १० नम्बर वडामा रहेको मानव सेवा आश्रमका जेष्ठ नागरिकहरूको स्वाब लिने तयारी गरिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । मानव सेवा आश्रमका तीन जना ज्येष्ठ नागरिकलाई संक्रमित पुष्टि भइसकेको छ । उनीहरूको कन्टयाक टे«सिङ र आश्रममा रहेका सबै ज्यष्ठ नागरिकको स्वाब संकलन गरि परीक्षणमा पठाइने महानगरपालिकाले तयारी गरेको छ । आश्रममा ७६ जना ज्येष्ठ नागरिक छन् ।

अहिले विरामी भएर अस्पताल जानेहरूलाई उपचार गर्नुभन्दा अगाडी पिसिआर रिपोट माग्ने गरेका छन् । ज्येष्ठ नागरिक, दिर्घरोगी र अशक्तहरूलाई स्वाब दिन विराटनगर स्थित जैन भवनसम्म पुग्न असहज हुने गर्दछ । उनीहरूको लागि महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन गर्न थालेका हुन् । संकलन भएको स्वाब ‘इरिक्सा मोवाइल भेन’ मा राखेर ल्याबमा पठाइन्छ ।

अहिले महानगरपाकिाले स्वाब संकलन गर्ने जैन भवनमा मेडिकल अधिकृतको नेतृत्वमा दुइ टिम बनाएको छ । एउटा टिमले दुई साता स्वाब संकल गरि परीक्षणमा पटाएपछि अर्को टिमले गर्नेछ । स्वाब संकलन गर्ने पहिलो टिम एक साता क्वारेन्टिनमा बसेपछि पुनः काममा फर्किन्छन् । शुक्रबारसम्म विराटनगर महानगरपालिका भित्र १ हजार ५ सय ८४ जना संक्रमित भएका छन् । जसमध्ये ५ सय ८४ जना निका भएर डिस्चार्ज भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।