विराटनगर । लगातारको वर्षाका कारण विराटनगर डुबानमा परेको छ ।

तीन दिनदेखि परेको वर्षाका कारण विशेष गरि विराटनगरको दक्षिणी भेग डुबानमा परेको हो ।

8 1

सामान्य वर्षा हुँदा पनि निकास नभएका कारण विराटनगर–१५ को अधिकाशं घरमा पानी पसेको वडाअध्यक्ष असलम आलमले बताए । ‘विराटनगरको उत्तरी भेगबाट आएको पानी वडा नं. १५ मा आएर जम्मा हुन्छ । अहिले दुई वटा मात्र साइफन रहेका छन् । पर्याप्त मात्रामा पानीको निकास हुने साइफन नहँुदा वडा भित्रका घरहरू डुबानमा पर्ने गरेको छ,’ वडाअध्यक्ष आलमले भने, ‘पानीको निकास हुने साइफन थप गर्न महानगरपालिका र सडक विभागलाई पनि जानकारी गराएको छु ।’

विराटनगर–१५ को हुनमान मन्दिर आइसीपी जाने बाटो र प्राविधिकको सल्लाह अनुसार तत्काल दुई ठाउँमा ‘साइफन’ बनाउने सडक विभागका डिनसँग सल्लाह भएको उनले बताए । विराटनगरको दक्षिण भेग डुबानमा परेपछि शुक्रबार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलासहितको टोलीले निरीक्षण गरे ।

लगातार परेको वर्षाका कारण विराटनगर १२, १३, १४, १५, १६, १७ र १८ नं.वडाका अधिकाशं घरमा पानी पसेर डुबान भएको छ । विराटनगरको दक्षिणी क्षेत्रका अधिकाशं बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । नगर क्षेत्रको बाटोघाटो जलमग्न भएपछि सर्वसाधारणलाई यातायातका साधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ ।

6

कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ । पानीले निकास नपाउँदा सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ ।

1 15

2 2