श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ९ गते शुक्रबार, २५ सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको नवमी तिथि १८ः५९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वषाढा २३ः३४ बजेसम्म, उप्रान्त करणा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । समाजका गन्यमान्य व्यक्तिसित भेट होला । दिन शुभ छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दबाव र तनाव बढेको महसुस हुनेछ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
शुभसमाचार सुन्न पाइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । शुभसमाचर सुन्न पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा सामाजिक कामबाट सम्मान मिल्ला । लाभदायी यात्रामा सरिक भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित भेट हुनेछ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । आर्थिक क्षेत्र सक्षम रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म, कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।