धरान । सुनसरीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढेको छ ।

इनरुवास्थित स्वास्थ्य कार्यालयका अनुसार मंगलबार ३० महिला सहित एकैदिन ६८ जनामा कोरोना संक्रमित पुस्टी भएको छ ।
थपिएका नयां संक्रमितमध्ये धरान ८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत दुइ पुरुष ट्राफिक प्रहरी, वीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ बर्षीया एक युवतीलाई रहेका छन् ।

सुनसरीमा कोरोना सम्बन्धी केस इन्भेस्टिगेशन एण्ड कन्ट्रयाक ट्रेसिङ कोअर्डिनेटर तथा जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले पछिल्लो समयमा जिल्लामा संक्रमितको संख्या बढेको बताइन् । उनका अनुसार थपिएका नयां संक्रमितहरुमा धरानमा ३३ जना, इटहरीमा १८ जना र दुहवीमा १७ जना रहेका छन् ।

संक्रमितहरुलाई मोरङको गोठगाउ, इटहरीको रंगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा पठाउने तयारी भइरहेको पनि श्रेष्ठले बताइन् । उनकाअनुसार कोरोना संक्रमणबाट सुनसरीमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ । जिल्लामा १ हजार ५ सय ३१ जना संक्रमित पुस्टी भएका छन् । ८ सय ७७ जना निको भएका जिल्लाको तथ्यांकमा उल्लेख छ ।