श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ३१ गते बुधबार, १६ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको चतुर्दशी तिथि १८ः५९ बजेसम्म, उप्रान्त आंैसी, नक्षत्र मघा १२ः०३ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५० र सूर्यास्त ६ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका साथीभाइबाट उचित सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय मध्यम्खालको छ । कार्य–व्यवसायमा सोचेअनुसारको उपलब्धि नहोला । विश्वासपात्रबाट धोका हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धातु तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । फलदायी यात्राको योग देखिन्छ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका कामकाजहरू सुचारु हुनेछन् । प्रतिस्पर्धात्मक कार्यक्रममा सफल भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा सामाजिक कामबाट सम्मान मिल्ला । लाभदायी यात्रामा सरिक भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । साथीभाइको सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्न पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र तथा अलङ्कार मिल्ला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । आर्थिक क्षेत्रमा सक्षम भइएला ।