खाँदबारी । संखुवासभामा कोरोना संक्रमितहरुको संख्या ६० पुगेको छ ।
बिहिबार (आज) मात्रै २२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार पहरीका १७ जना र खाँदबारी क्वारेन्टाईनमा रहेका ४ जना र चिचिला क्वारेन्टाइनमा रहेको १ जना गरि २२ जनामा संक्रमण देखिएको हो ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा पठाएको ११० जनाको स्वाव परिक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई आईसोलेशनमा सार्ने तयारी भई रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरुसंग सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु भएको स्वास्थ्य कार्यालयका प्रवक्ता रोसन श्रेष्ठले जानकारी दिए । हालसम्म ६० जनामा कोरोना संक्रमण पुष्टि भएको र १४ जना उपचारपछि घर फर्कि सकेका छन । हालसम्म संखुवासभमा १ हजार २३३ जनाको स्वाब परिक्षण गरिएको छ ।