विजयपुर । धरान उपमहानगरपालिका भित्रका अति विपन्न तथा गरिब कोरोना सङ्क्रमितलाई उपमहानगरपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ ।

उपमहानगरले योे अवधारण आइतबारदेखि ल्याएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनले विपन्न सङ्क्रमितको पहिचान गरी खाद्यान्न वितरण गरिने बताए । मेहताले भने, ‘खाद्यान्न उपलब्ध गराउने भनेर सबैलाई होइन, अति विपन्न तथा गरिवलाई पहिचान गरेर दिन्छौँ,जसलाई आवश्यकता हो उसलाई दिन्छौँ ।’

कोरोनाको सङ्क्रमणकाट मुक्त हुनलाई सन्तुलित आहाराको आवश्यकता पर्दछ । अहिले कोरोनाकै कारणले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्न सक्ने अवश्था पनि छैन । त्यस्तालाई मध्यनजर गरेर कार्यक्रम ल्याइएको मेहताले जानकारी दिए । उनले भने, ‘कार्यक्रमले गरिब तथा विपन्न कोरोना सङ्क्रमितलाई राहत मिल्छ ।’

धरान उपमहानगरपालिकामा सक्रिय कोरोनाका बिरामी २ सय ८९ जना रहेका छन । त्यसमा बैदेशिक रोजगारबाट आएका ४२ जना छन । धरानमा समुदायस्तरका १ सय ४ जना छन । बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स, कर्मचारी र उनीहरुका परिवार गरेर ५३ जना छन । नेपाली सेनाका ९१ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । अस्पतालमा उपचारत ५१ जना र होमआइसोलेसनमा ४३ जना रहेका छन । होमआइसोलेसनबाट १५ जना निको भइसकेका छन । अस्पतालबाट १७५ जना निको भएर घर फर्किएका छन । जम्मा निको हुने १ सय ९० पुगेका छन् । धरानमा ६ जनाको मृत्यु भएको छ ।