धरान । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमित मध्ये ७१ प्रतिशत निको भएका छन्। बिहीबार १ हजार ८ सय १८ जना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ३५ हजार सात सय जना पुगेको छ। 

देशभर १४ हजार ४ सय ४८ जना सङ्क्रमितको उपचार भइरहेको छ । ति ८ हजार १० जना संस्थागत र ६ हजार ४ सय ३८ जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३१७ पुगेको छ। 

health minister

स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क