ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् भने त्यस्को दोब्बर भन्दा बढी २ हजार २ सय ८७ जना कोराना सङ्क्रमण मुक्त भएका छन् ।
केही दिनयता थपिने भन्दा कोरोना मुक्त हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घन्टामा १० हजार ६ सय ११ को पीसीआर परीक्षण गरिएकोमा ९ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो समयमा २ हजार २ सय ८७ जना कोरोना मुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ भने यसमध्ये ३२ हजार ९ सय ६४ जना निको भएका छन्। मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको मन्त्रालयले जनाएको छ ।